अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहेको फिल्म ‘आशा’को छायांकन सकिएको छ ।
साउनवाट सुरु भएको फिल्मको छायांकन भदौमा सकिएको अभिनेता त्रिपाठीले इन्ड क्लाप भएको तस्विर सामाजिक संजालमा राखेर छायांकन सकिएको जनाएका छन । फिल्मको छायांकन काभ्रेको नमोबुद्ध नगरपालिका र धुलिखेल आसपासका क्षेत्रमा भएको फिल्मकी निर्मात्री शर्मिला थापाले जानकारी दिइन् । थापाका अनुसार साउन महिनाभरमा फिल्मको छायांकन सक्ने लक्ष्य राखेका थियो केही दिन मात्र ढिला भयो जे होस समयमै सकिएको बताइन् । फिल्म ‘आशा’ नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल बनाएर दर्शकमाझ ल्याउने छौँ,’ उनले भनिन् । उनका अनुसार फिल्म एउटा परिवारको कथामा बन्नेछ । फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिने उनले बताइन् । हामीले जे सोचेर छायांकनमा निस्किएका थियौँ, त्यो भन्दा राम्रो काम भएको आभाष भएको छ । नेपालीपन बोकेको कथालाई प्राविधिकरुपमा अब्बल बनाएर दर्शक माँझ ल्याउने छौँ’, उनले भनिन् ।
राजीव गुरुङको निर्देशनमा बनेको यस फिल्ममा महेश र अञ्जनासहित शुशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, चिराग श्रेष्ठ, काश्वी भण्डारी, कविता रेग्मीलगायतको अभिनय रहनेछ । राजीव गुरुङको लेखन तथा रामकुमार श्रेष्ठको सहलेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको डीओपी, युग भुसाल र समीर खरेलको संगीत तथा किशोर आचार्यको साउन्ड डिजाइन रहेको छ । चलचित्रलाई माघेसंक्रान्तिमा प्रदर्शन गरिने निर्माण टिमले जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तनहुँको व्यासस्थित नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल…





