पोखराको अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाज ३० औं बर्षमा प्रवेश गरेको छ।
लामाचौरमा स्थापित समाजले स्थापना दिवसको अवसरमा सोमबार सुरथेश्वर गण्डकी गौंशालालाई सहयोग हस्तान्तरण गरेको छ । हालै संचालनमा आएको सो गौंशालालाई त्यहाँ आश्रित गाईका लागि आवश्यक चोकर,नुनलगायतका खाद्य सामग्री उपलब्ध गराएको समाजका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए।गोस्तेस्थित सुरथेश्वर शिवालयमा रहेको गौंशालामा स्थानीय जातका ८ वटा गाई रहेका छन् । ४५ लाखमा निर्माण भएको सो गौंशालामा करिब एक सय स्थानीय जातका गाईलाई आश्रय दिईने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर केसीले जानकारी दिए । समाजको कार्यक्रममा बोल्दै अध्यक्ष दिनेश भण्डारीले सबैको सहयोग र सक्रियताले आज संस्था यहाँसम्म आई पुगेको बताउँदै, समाज विकासमा निरन्तर लाग्ने बताए । उनले संस्थाले आयोजना गर्न लागेको तीज महोत्सवको तयारी तिब्र पारिएको जानकारी दिदैं, यसलाई व्यवस्थित र सफल बनाउने दायित्व सबै पक्षको भएको स्पष्ट पारे । कार्यक्रममा संस्थापक अध्यक्ष बुद्धिबहादुर केसी, पुर्व अध्यक्ष नविन भण्डारी,समाजका आजिवन सदस्य एवं पोखरा उद्योग बाणिज्य संघका अध्यक्षका प्रत्यासी बलराम आचार्यले स्थापनाकाल देखि नै संस्थाले मानविय सेवाका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
समाजका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष हरिबहादुर थापा र संचालन सचिव शोभा बानियाँले गरेकी थिईन् । समाजले ३० औं बर्ष प्रवेशको अवसरमा लामाचौर तीज महोत्सवको आयोजना गर्दैछ । नेपाली नारीहरुको महान र्पा तीजको अवसरमा यही भदौं २७ देखि २९ गतेसम्म हुने महोत्सवको तयारी तिब्र पारिएको प्रचार संयोजक विष्णु प्रसाद गौतमले जानकारी दिए । स्थानीय ईन्द्रराज्य लक्ष्मी मा.विको परिसरमा हुने महोत्सवमा लामाचौर कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, अन्तर मा.वि छात्रा भलिबल प्रतियोगिता, खुल्ला तीज गीत, अन्तर विद्यालयस्तरीय लोक नृत्य, श्रष्टा सम्मान लगायतका कार्यक्रम हुने संयोजक गौतमले बताए । विगत २८ बर्षदेखि तीजलाई महोत्सवका रुपमा मनाउँदै आएको समाजले तीन दिनसम्म राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम, बालबालिकाको लागि रमाईलो मेला र बाल उद्यान, र झाँकी प्रदर्शनी समेत गरिने बताईएको छ ।
महोत्सव सम्पन्न गर्न करिब ४७ लाख रुपैयाँ खर्च लाग्ने र सो रकम उद्योगी , व्यवसायी तथा सहयोगीबाट संकलन गरिने कोषाध्यक्ष विष्णुमाया बानियाँले जानकारी दिईन् । महोत्सवमा बिभिन्न औधोगिक तथा व्यापारिक स्टल समेत रहने संस्थाले जनाएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश टेनिस संघको आयोजनामा पोखरामा सम्पन्न प्रथम पिसिएम कप खुला राष्ट्रिय…





