अन्नपुर्णमा बिपद ब्यवस्थापनका लागि तमु धिं नेपालको सहयोग


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०८३ मा प्रकाशित




कास्कीको अन्नपूर्ण गाउँपालिकाले शुरु गरेको बिपद ब्यवस्थापन कोषमा तमु धिं नेपालले ३ लाख रुपैया सहयोग गरेको छ ।

अबिरल बर्षाको कारण मोदीखोलामा पटक पटक बाढिपहिरोले कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वडा ८,९,१० र ११ प्रवेश गर्ने सडक बिरेठाँटीदेखी नै बन्द भइ उक्त क्षेत्र अत्यन्त प्रभावित भएकाले तत्काल सडक संचालनको पहलका लागि गाँउपालिकाले बिपद ब्यवस्थापन कोष खाता मार्फत सहयोगको आव्हान गरिएकोले तमु धिं नेपालले आइतबार आयोजित कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो। तमु धिं नेपालले स्थापना गरेको आकस्मिक राहतकोषबाट अध्यक्ष हुमबहादुर गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, तमु धिं नेपाल अन्नपूर्ण गाउँपालिका अध्यक्ष श्याम गुरुङ लगायतले अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर केसी, वडा नं ९ का वडाध्यक्ष रमेश गुरुङ, वडा नं ११ का वडाध्यक्ष हिमबहादुर गुरुङ र कार्यपालिका सदस्य भुपाल घर्तीलाई ३ लाखको चेक हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्नु हुँदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले मोदी बाढीपहिरोले भौतिक क्षति पुर्याउनुका साथै सडक बगाउँदा उक्त क्षेत्र यातयात बन्द भएकाले जनजिवन, स्वास्थ्य , शिक्षा, खाध्यान्न आपूर्ति, पर्यटन ब्यवसायमा दीर्घकालीन असर पुग्ने भएकाले तत्काल आवाश्यक राहत एवम यातायात चल्ने अवस्थाका लागि सानो सहयोग गरेको बताए । उक्त प्रभावित चारवटै वडा तमुहरुको एतिहासिक गाउँबस्तीहरु, प्रत्यक्ष प्रभावित तमुहरु नै साथै चारवटै वडा तमु वडाध्यक्ष रहनु भएको एवम अन्नपूर्ण गाँउपालिका सधै तमुमैत्री पालिकाका कारण पनि तमु धिं नेपालले सहयोगको प्रारम्भ गरेको उनको भनाई छ । गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले वाढि पहिरोको कारणले भएको विपद व्यवस्थापनका लागि तमु धिं नेपालको सहयोगका लागि धन्यवाद ब्यक्त गरे । उनले मोदी बाढी पहिरोले बिपदमा संघीय सरकारले ध्यान दिएन, प्रदेश सरकारलाई हारगुहार गर्दा केही सहयोगको वातावरण बनेको र स्थानिय सरकार अन्नपूर्ण गाँउपालिका सक्दो जुटिरहेको बताए ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ र संचालन महासचिव जुनाकुमारी गुरुङले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।