पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बाढी प्रभावितका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
मञ्चले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको बताए।मञ्चका सचिव महेश पौडेलका अनुसार उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिनेछ।मञ्चले बाढी तथा पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा विपद्मा परेकाहरूका लागि मानवीय सहयोग जुटाउन सम्बन्धित निकाय, संघसंस्था तथा सर्वसाधारणमा सहयोगको लागि अपिल समेत गरेको छ।
बुधबार बिहान नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी तथा त्रिशूली नदीमा एक्कासी आएको बाढीका कारण नदी तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ। विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सबै पक्षले सहयोग गर्नुपर्नेमा मञ्चले जोड दिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बाढी प्रभावितका लागि…





