गण्डकी प्रदेश सरकारमा नेसपाका फणीन्द्र देवकोटा बने, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्री


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८३ मा प्रकाशित




गण्डकी प्रदेश सरकारमा फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री भएका छन् ।

प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद रहेका देवकोटालाई मुख्यमन्त्री सुरेन्दराज्र पाण्डेले बुधबार मन्त्री नियुक्त गरेका हुन् । गण्डकी सरकारबाट एमालेका ४ जना बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री पाण्डेले उनलाई ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालयको जिम्मा दिएका छन् । देवकोटाले यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । जेनजी आन्दोलन भएपछि उनले मन्त्रीबाट राजीनामा दिएका हुन् । उनले बुधबारै सपथ ग्रहण लिएका छन् ।प्रदेश प्रमुख डिल्लीराज भट्टसँग उनले सपथ लिएका हुन् । पाण्डे नेतृत्वको सरकारमा देवकोटा तेस्रोपटक मन्त्री बनेका हुन् ।

हाल खानेपानी मन्त्री रहेका नन्दप्रसाद न्यौपाले भने भौतिक मन्त्रालयको जिम्मा पाएका छन् । तेस्रो पटक मन्त्री बनेका देवकोटा २०७९ सालको आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ क बाट निर्वाचित भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।