सन्देश श्रेष्ठ
पोखरा, भदौ १७
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले दरखाने रकम भोटेकोशी बाढी पीडितलाई दिएको छ । ओटेफले पूर्व निर्धारित तीज विशेष कार्यक्रमसहितको दरखाने रकम भोटेकोशी बाढी पीडितलाई प्रदान गरेको हो ।
ओटेफले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा पु¥याएको मानवीयसहित भौतिक क्षेतीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १ लाख २१ हजार १ सय १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको अध्यक्ष ममता न्यौपानेले जानकारी दिईन् । उनले भनिन्,‘भोटेकोशी प्रभावित नागरिकको पीडामा मल्हम लगाउने हाम्रो प्रयास हो ।’ उनले थोपा थोपा मिलेर समुन्द्र बन्ने भन्दै अन्यलाई पनि भोटेकोशी बाढी पीडितको सहयोगमा जुट्न अपील गरेकी छन् ।

ओटेफ महिला पर्यटन व्यवसायीहरुको साझा संस्था हो । जहाँ पोखरेली महिला पर्यटन व्यवसायीहरु आबद्ध छन् । ओटेफले महिला पर्यटन व्यवसायीहरुको हक, हित र अधिकारसँगै उद्यमशिलता विकास सम्बन्धि तालिम, व्यक्तित्व र नेतृत्व विकास सम्बन्धि तालिम आयोजना गर्दै आएको छ । पोखरासहित समग्र गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको ओटेफले सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकता दिने गरेको संस्थाले जनाएको छ ।
यसैबिच पोखरा महानगरपालिका वडा नं. २० ले तीज गीत प्रतियोगितासहित दर खुवाउने कार्यक्रम स्थगीत गरेको छ । देशमा महाविपत्ती आएको र यसले सबै नेपालीलाई शोकाकुल बनाएको सन्दर्भमा मनोरञ्जनात्मक कार्यक्रम गर्न उचित नभएकाले यही भदौं २४ गतेका लागि तय भएको कार्यक्रम स्थगीत गरिएको वडाध्यक्ष गंगाबहादुर खत्रीले जानकारी दिए । उनले बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा जुट्न आग्रह समेत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीको बाढीपछि तत्कालै नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय…








