पोखरा । पोखराको मुटु सभागृह चोकमा अत्याधुनिक मल्टिब्रान्ड इलेक्ट्रोनिक्स तथा होम अप्लायंसेज शोरुम ‘बिग डिजिटल’ शनिबारदेखि सञ्चालनमा आएको छ । सोनित बुद्धाचार्य र संकल्प शाक्यको व्यवस्थापन तथा ‘इलेक्ट्रो गृह’ को सहकार्यमा यो बिग डिजिटलको नयाँ शाखा सभागृहचोकमा सञ्चालनमा आएको हो।
बजारमा बढ्दै गएको गुणस्तरीय घरायसी तथा इलेक्ट्रोनिक्स सामानको मागलाई सम्बोधन गर्न विश्वस्तरीय ब्रान्डहरू एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो शोरुम स्थापना गरिएको सञ्चालक मध्येका एक सोनितमान बुद्धाचार्यले बताए । यस स्टोरमा सामसुङ, प्यानसोनिक, यासुदा, अकारीटेक, सान्सुई, प्रेस्टिज, हकिन्स, बजाज र सिम्फोनी जस्ता विश्वप्रसिद्ध ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका स्मार्ट टिभी, फ्रिज, वाशिङ मेसिन, एसी तथा भान्सामा प्रयोग हुने आधुनिक सामाग्रीहरू उपलब्ध हुने उनले बताए ।

नयाँ शाखा सञ्चालनको अवसरमा ग्राहकहरूका लागि विशेष ओपनिङ अफरहरू समेत सार्वजनिक गरिएको छ। जसअन्तर्गत ५०,००० रुपैयाँभन्दा बढीको खरिद गर्ने पहिलो २५ जना ग्राहकहरूलाई उपहारस्वरूप चाँदीको सिक्का प्रदान गरिने बुद्धाचार्यले जानकारी दिए । ग्राहकको आर्थिक सहजताका लागि शून्य प्रतिशत ब्याजदरमा ईएमआई अर्थात् किस्ताबन्दीको सुविधा र पुराना इलेक्ट्रोनिक्स सामान ल्याएर नयाँ सामान लैजान मिल्ने आकर्षक एक्सचेन्ज अफर समेत राखिएको उनले बताए। उनका अनुसार शोरुमबाट खरिद गरिएका सामानहरूमा ग्राहकले निस्शुल्क डेलिभरी र जडानको सेवा समेत प्रदान गरिनेछ ।
विश्वस्तरीय प्रविधि र सेवालाई पोखरेली ग्राहकमाझ पुर्याउने प्रतिबद्धताका साथ सुरु भएको यस आउटलेटले पोखरा र आसपासका क्षेत्रका ग्राहकहरूलाई ढुक्क भएर सामान खरिद गर्ने उत्कृष्ट वातावरण प्रदान गर्ने बिग डिजिटल काठमाण्डौका शैलेष संघाईले बताए ।
दुई युवा उद्यमी सोनितमान बुद्दाचार्य र सङ्कल्पराज शाक्यद्वारा संचालनमा ल्याइएको बिग डिजिटल (BIG DIGITAL) पोखरा ब्रान्चको शुभारम्भ संचालकद्वयका हजुरबुबा पूर्णमान बुद्दाचार्य र भरतराज शाक्यले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा…





