पोखरा, भदौ २२
पोखरा उद्योग वाणिज्य संघको मतगणना जारी छ । आईतबार सम्पन्न मतदानको आज मतगणना भइरहेको हो ।
शुरुमा खुल्ला सदस्यहरुको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । जस अन्तर्गत ५ सय मत गणना सम्पन्न भएको निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्मको मत गण्नामा दुर्गा बरालले ४१७, अमृत पोखरेलले ४०९, निर्मला चापागाईंले ३७४, रामेश्वर अधिकारीले ३४८ र भानुभक्त अधिकारीले ३४७ मत प्राप्त गरेर अग्रता लिएका छन् ।
त्यस्तै, गोविन्दबहादुर जिसीले ३४५, कमलबहादुर सुनार ३४२, मनोहरी पौडेलले ३३९, दीलिपकुमार श्रेष्ठले ३३५, रामप्रसाद कँडेलले ३३० मत ल्याएर अग्रता बनाएका छन् । यसैगरी, हरिप्रसाद अधिकारीले ३१४, सूर्यराज घिमिरेले ३१० र नवीन नापितले ३०४ मत ल्याएर पछ्याईरहेका छन् ।
१० सदस्यका लागि भएको निर्वाचनमा १३ जना प्रतिष्पर्धामा छन् । २ हजार ७ सय ३१ सदस्य रहेकोमा सदस्यतर्फ २ हजार १ सय ८ र पदाधिकारीतर्फ २ हजार २ सय ७४ मत खसेको थियो ।
सदस्यको मतगणना सकिएलगत्तै पदाधिकारीको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदिप प्रधानाङ्गको जित सुनिश्चित भएको छ ।…





