पोखरा उद्योग वाणिज्य संघको निर्वाचन : कोषाध्यक्षमा प्रजुको जित सुनिश्चित


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०८३ मा प्रकाशित




पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा देवेन्द्र प्रज (देवेन्सन)को जित सुनिश्चित भएको छ । आईतबार मतदान भई सोमबार भएको मतगणनामा प्रजुले प्रतिष्पर्धी जीवनप्रकाश श्रेष्ठलाई झण्डै दोब्बर मतले पछि पार्दै कोषाध्यक्षमा जित सुनिश्चित गरेका हुन् ।

जित सुनिश्चित गरेका प्रजुले १ हजार २ सय ८२ मत प्राप्त गरेका छन् भने प्रतिष्पर्धी जीवनप्रकाश श्रेष्ठले ६ सय ८५ मत प्राप्त गरेका छन् । मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन समितिले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।