तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०८३ मा प्रकाशित




तनहुँको भानु नगरपालिका १० तल्लो मैदानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय शङ्कर पाण्डे र ६५ वर्षीय टङ्कनीति पाण्डे रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक शङ्करको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो भने टङ्कनीतिको प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।