पोखरा । टिम अर्गनाइजिङ लोकल इन्स्टिट्युसन (टोली)को १३३औँ साधारण सभा तथा १६औँ अधिवेशन आज पोखरामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री पद्मकिरण रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक तथा सामाजिक व्यक्तित्व दुर्गाबहादुर शाह ‘बाबा’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
प्रमुख अतिथि शाहले संस्थाले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा संस्थाका गतिविधिलाई अझ प्रभावकारी र सेवामुखी बनाउँदै लैजान शुभकामना व्यक्त गर्नुभयो।
साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत हुनुका साथै आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदनसहित आय–व्यय विवरण तथा आर्थिक वर्ष २०८३/०८४ को अनुमानित बजेट प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदन तथा आगामी कार्यक्रममाथि छलफल गरी आवश्यक निर्णयसमेत गरिएको थियो।
त्यसैगरी संस्थाको पुनर्जागरण तथा आगामी कार्यदिशासम्बन्धी विषयमा छलफल हुनुका साथै संस्थाका पदाधिकारी तथा कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो।
अधिवेशनको दोस्रो सत्रमा नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचन समितिका डा. सृजन ज्ञवालीको संयोजकत्वमा निर्वाचन प्रक्रिया सम्पन्न भई १६औँ अधिवेशनले श्री पदमकिरण रानाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा श्रीमती मोना गिरी, सचिवमा श्री धनबहादुर राना, कोषाध्यक्षमा श्रीमती गीता देवी क्षेत्री तथा सदस्यहरूमा डा. पद्मराज श्रेष्ठ, श्री ठाकुर गिरी र श्रीमती लक्ष्मी परियार रहनुभएको छ। निर्वाचन समितिका संयोजक डा. ज्ञवालीले निर्वाचन प्रक्रिया सहजीकरण गर्दै नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पदस्थापन तथा शपथ ग्रहण गराउनुभएको थियो।
नव निर्वाचित अध्यक्ष रानाले संस्थालाई अझ सक्रिय, पारदर्शी, सेवामुखी र परिणाममुखी बनाउँदै आगामी कार्यकालमा संस्थाका उद्देश्यअनुरूप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १९ विवादित गण्डकी खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मालाई…







