पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर रोगबाट पीडित नेपालीको ६७ वर्षको उमेरमा मंगलबार राति पोखरा-५ स्थित निवासमै निधन भएको हो। उनी नेपाली कांग्रेसको तर्फबाट पोखरा-५ मा दुई पटक वडासदस्य पदमा प्रतिस्पर्धा गरेकी थिइन्।
स्वर्गीय नेपालीको मंगलबार बिहान सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरमा नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति एवं गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, क्षेत्र नं १ का सभापति सरोज केसी, क्षेत्र नं २ का सभापति नवीनराज बराल, पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छे, सचिव धनञ्जय पौडेल, पोखरा-५ का सभापति प्रकाश कोइरालालगायतले नेपाली कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
स्वर्गीय नेपालीका श्रीमान् टुकलाल नेपाली, दुई छोरा विष्णु र निर्मल तथा दुई छोरी सरस्वती र सर्मिला छन्। उनका जेठा विष्णुको यसअघि नै निधन भइसकेको छ। श्रीमान टुकलाल पोखराको बगालेटोलस्थित लेकसिटी अस्पतालका पूर्व सञ्चालक हुन्।
नेपाली कांग्रेसका तर्फबाट दुई पटक वडा सदस्य पदमा प्रतिस्पर्धा गरेकी नेपालीको असामयिक निधनले परिवारजन, आफन्त र उनलाई नजिकबाट चिन्ने सबैलाई गहिरो पीडा दिएको जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







