पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ ।
आज बिहान ३ बजे चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जाँदै गरेको ग १६प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भइ सडकमा पल्टिँदा २८ वर्षिय आशिष कुँवरको मृत्यु भएको हो । अर्का एक जना भने घाईते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ ढिकुरपोखरी घर भई हाल पोखरा महानगरपालिका–६, लेकसाइड बस्ने कुँवर स्कुटरको पछाडी बसेको र स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा, टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।स्कुटर चालक स्याङ्जाको आँधिखोला गाउँपालिका–२, चिलाउनेबाँस घर भई हाल पोखरा –८, न्युरोड बस्ने ४३ वर्षीय भोजराज सापकोटा रहेको जनाइएको छ।प्रहरीले स्कुटर र चालकलाई नियन्त्रणमा दिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







