पोखरामा प्लास्टिकजन्य फूलमाला बिक्री, वितरण तथा प्रयोग गर्न रोक


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले नेपाल सरकारको वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लास्टिकजन्य फूलगुच्छाको बिक्री, वितरण तथा भण्डारण निषेध गरिएको समेत जनाएको छ । महानगरले उक्त निर्णयको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न पनि आग्रह गर्यो ।जारी विज्ञप्तिमा भनिएको छ ‘तिहारमा सम्पूर्ण व्यवसायीलाई प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न र उपभोक्तालाई समेत त्यस्ता फूलको प्रयोग नगरी स्थानीय फूलको प्रयोग गर्न महानगर अनुरोध गर्दछ ।’

महानगरले स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरण संरक्षण तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा गैरसरकारी संघसंस्था, व्यवसायी, उपभोक्ता र सर्वसाधारणसँग सहयोगको अपेक्षा समेत गरेको जनाएको छ । स्थानीय फूल प्रयोग गदैं, पर्यावरण बचाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उसको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।