पोखरा महानगरद्वारा प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा अनुगमन,६ हजार २८० रुपैयाँका सामग्री नष्ट


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०८३ मा प्रकाशित




तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्लास्टिकजन्य फूलमाला तथा अन्य प्रतिबन्धित सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ ।

सरकारले प्लास्टिकजन्य फूलमाला उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा रोक लगाएको भए पनि बजारमा बिक्री भइरहेको पाइएपछि महानगरले अनुगमनलाई निरन्तरता दिएको हो।महानगरपालिकाले विगत तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि औपचारिक सूचना जारी गरी प्लास्टिकजन्य फूलमाला बिक्री–वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको थियो। सूचनाको कार्यान्वयन भए–नभएको विषयमा महानगरले बजार अनुगमनलाई तीव्र बनाएको महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

उनका अनुसार शुक्रबार पोखरा महानगरपालिका वडा नं। १ र २ नम्बरका बिन्ध्वासिनी र बगर क्षेत्रमा रहेका नौवटा पूजासामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा ६ हजार २८० रुपैयाँ बराबरका प्लास्टिकका माला, फूल तथा बेकरी सटेनिङ् नष्ट समेत गरिएको छ ।अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नगरिएका भाइमसला तथा रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएको पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाकी अधिकृत कल्पना बरालले जानकारी दिइन्। नेपाल सरकारले प्रतिबन्धित गरेका सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको उनले बताइन्।महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको थियो। उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाले वातावरण प्रदूषण बढाउने भएकाले यसको बिक्री–वितरणमा रोक लगाइएको बताइन्। तिहारका बेला यस्ता सामग्रीको बिक्री बढ्ने भएकाले अनुगमनलाई प्राथमिकता दिइएको उनको भनाइ थियो।

विगतका वर्षमा व्यवसायीबाट विभिन्न गुनासा आउने गरे पनि यस वर्ष त्यस्ता गुनासा तुलनात्मक रूपमा कम देखिएको उनले बताइन्।उपप्रमुख गुरुङले व्यवसायीहरुलाई प्रचलित कानून तथा मापदण्डको पूर्ण पालना गर्न, वस्तुको गुणस्तर र मुल्यमा पारर्दशिता कायम गर्न, म्याद नाघेका सामग्री र प्लाष्टिकको फूलमाला बित्र्रmी नगन आग्रह गदै उपभोक्तालाई जिम्मेवा र जवाफदेही बन्न अनुरोध गरेकी छन् ।उनले प्लास्टिकका कृत्रिम फूलमालाको सट्टा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलमालाको प्रयोग गर्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिन्। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको छ। उक्त निर्णयविपरीत कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा २२ को उपदफा ४ बमोजिम १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

अनुगमनमा महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगर समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराकी अधिकृत सरस्वती गिरी, महानगरको सहकारी तथा उद्योग शाखाकी अधिकृत कल्पना बराल तथा पत्रकारहरूको सहभागिता रहेको थियो। महानगरपालिकाले वातावरण संरक्षण, उपभोक्ता हित र स्थानीय फूल उत्पादक किसानको प्रोत्साहनलाई ध्यानमा राख्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।