प्रगति खेल उत्सवमा अन्नपुर्ण च्याम्पियन


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०८३ मा प्रकाशित




चौैथो संस्करणको प्रगति खेल उत्सवमा अन्नपुर्ण सदन च्याम्पियन बनेको छ । बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले पोखरा रंगशालामा आयोजना गरेको खेल उत्सव २०८३मा बिभिन्न १२ इभेन्टमध्ये खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अन्नपुर्ण सदन च्याम्पियन बन्न सफल भएको हो ।

२ दिनसम्म आयोजना भएको उत्सवमा अन्तिम प्रतिस्पर्धासँगै शुक्रबार खेल उत्सव सम्पन्न भएको छ । शुक्रबार भएको फुटबलको फाईनल खेलमा सगरमाथालाई पराजित गर्दै माछापुच्छ्रे विजयी भयो । त्यस्तै शुक्रबारको खेलमा १ सय मिटर छात्रा कक्षा ८ देखि १० सम्म एन्जिलन रानामगर प्रथम,सारा पुर्जा पुन दोस्रो र आरुषी मगर तृतीय, ४ सय मिटर छात्र कक्षा ६ र ७ मा आश्विन नेपाली,रिजन परियार,समर गिरी क्रमश प्रथम, दितीय र तृतीय, २ सय मिटर छात्रा कक्षा ६ र ७ मा आरोही पुन,संस्कृति आचार्य, अमना आले क्रमश प्रथम, दितीय र तृतीय, ४ सय मिटर छात्र कक्षा ८ देखि १० सम्ममा अजित राई,सुवास राना मगर,सुजल गुरुङ क्रमश प्रथम, दितीय र तृतीय भए । लङ्जप्प कक्षा ८ देखि १० सम्म छात्रमा सुवास रानामगर,सुजल गुरु,सुशान्त थापा क्रमश प्रथम, दितीय र तृतीय,छात्रातर्फ एन्जिला राना मगर,आराधाना थापा, आरुषी थापा क्रमश प्रथम, दितीय र तृतीय, रिले दौंडमा अर्पन नेपाली,आदित पुन,प्रतिक थापा, रितेश खत्री प्रथम,छात्रातर्फ आराधना थापा, सहाना भट्टराई, प्रनिता थापा,रोशनी थकाली,आरुषी थापा प्रथम भए ।कक्षा ६ र ७ छात्रतर्फ दिती बानियाँ,बृटिना घले,संस्कृति आचार्य,आस्था गुरु,स्वस्तिका सुनार प्रथम भए । छात्र तर्फ आश्विन नेपाली,सुप्रित गुरु,केनिथ नेपाली,मानस गुरु प्रथम भए ।

कक्षा ८ देखि १० मा अर्पन नेपाली , आदित पुन,प्रतिक थापा,रितेश खत्री प्रथम,२ सय मिटर छात्र कक्षा ४ र ५ मा डेनिस क्षेत्री प्रथम,सरल थापा दोस्रो ,सोहित परियार तृतीय,छात्रा कक्षा ८ देखी मा प्रनिशा गुरु,सारा पुर्जा,आरुषी थापा मगर क्रमश प्रथम,दितीय र तृतीय भएका छन् । २ सय मिटर दौड कक्षा ८ देखि १० छात्रमा अर्पन नेपाली, आदित थापा,सोहन नेपाली क्रमश प्रथम, दितीय र तृतीय भए ।अन्य खेलमा पनि उत्कृष्ट प्रथम, दितीय र तृतीय छनोट भएका छन् ।विजयी विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठक,विद्यालयका प्रमुख कार्यकारी निर्देशक दिनेश कुमार श्रेष्ठ खेल संयोजक सुमन कार्की, विद्यालयका प्राचार्य महेन्द्र थापालगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । समापन कार्यक्रममा बोल्दै महासचिव पाठकले विद्यालय तहबाटै हुने खेलकुद गतिविधिले राष्ट्रको खेल क्षेत्रमा योगदान पुर्याएको बताए । विद्यालय व्यवस्थापन समितिका सदस्य यम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक प्रतिमा गुरुङले गरेकी थिईन् ।

बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सवको बिहिबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख पदमराज आचार्यले उद्घाटन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।