प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता २०२६ अन्तर्गत शनिबार चार उमेर समूहका फाइनल खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा शाश्वत बज्राचार्य, आर्यश राज पौडेल, निधय विक्रम राना र स्वरा थापाले आ–आफ्नो उमेर समुहमा उपाधि जितेका छन् ।गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको सहकार्यमा सञ्चालित प्रतियोगिताको यू–१८ ब्वाइज सिंगल्सतर्फ शाश्वत बज्राचार्यले असव सम्राट हाडालाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । यस विधामा सन्दिप विक र सुरेन्द्र विक तेस्रो भए ।यू–१४ ब्वाइज सिंगल्सको फाइनलमा आर्यश राज पौडेलले अभिषेक बायलकोटीलाई ६–०, ६–१ को सेटमा हराउँदै च्याम्पियन बने । यस विधामा अनमोल सार्की र सविक पोख्रेल तेस्रो स्थानमा रहे ।
त्यस्तै, यू–१२ ब्वाइज सिंगल्समा निधय विक्रम रानाले इभान भट्टराईलाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा गरे । यस विधामा सविक पोख्रेल र माकर्व पोख्रेल तेस्रो भए । यू–१४ गल्र्स सिंगल्सको उपाधि भने स्वरा थापाले जितिन् । उनले रोमाञ्चक फाइनलमा एरा खत्रीलाई ६–१, २–६, ६–३ ले पराजित गरिन् । यस विधामा ताभिसी राना र बोनी एस म्याकग्लान तेस्रो स्थानमा रहे । विजेता तथा उपविजेता खेलाडीलाई मुख्य प्रायोजक ट्रयाङ्कुलिटी स्पाका एरिया कोर्डिनेटर प्रमिला थापा, संघका अध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक लोकबहादुर गुरुङ, कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन श्रेष्ठ, सचिव भीष्मराज पौडेल तथा गण्डकी प्रदेश टेनिस संघका महासचिव नवीन चालिसेलगायतले मेडल, ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर वितरण गरे ।
समापन कार्यक्रममा अध्यक्षता गरेका विनोद कायस्थले प्रतियोगिताले युवा टेनिस खेलाडी उत्पादन र विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । कात्तिक १८ गतेदेखि सुरु भएको प्रतियोगितामा पोखरा र विभिन्न जिल्लाका गरी ४३ खेलाडीको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराकी बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिएको…







