एमाले पोखरा ३३ को शुभकामना कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८३ मा प्रकाशित




नेकपा एमाले, पोखरा महानगर वडा नं. ३३ ले नेपालीहरूका विभिन्न चाड पर्वहरूको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको एमाले केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज जगत विश्वकर्माले उद्घाटन गरेका थिए। उनले जनताको सुखदुखको सहयात्री एमाले भएको भन्दै बिकासको अगुवाइमा सधैं अग्रमोर्चामा रहेको बताए। उनले जनताले दिएको म्यान्डेट स्वीकार गर्दै कमजोरी सुधारेर अगाडि बढन कार्यकतालाई आग्रह गरे। राष्ट्र र माटो शिरमा राखेर जोगाएको देश एकताले नै जोगिएको उनको भनाइ थियो।केन्द्रीय सदस्य रश्मि आचार्यले बिगतका काम र परिस्थितिबाट शिक्षा लिएर पार्टीलाई नयाँ शिराबाट अगाडी बढाउन सबैजना लागि पर्नुपर्ने भन्दै त्यसका लागि पार्टी कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।

गण्डकी प्रदेश सभा सदस्य तथा एमालेका पुर्व केन्द्रीय सदस्य भिम कार्कीले एमाले अनेक उतार चढावबाट अगाडि बढे पनि अबिचलित जनसेवा र राष्ट्र हितमा लागेको भन्दै अबको समृद्धिको यात्रामा थप योगदान दिने उल्लेख गरे। कार्कीले सबैको अधिकारको लडाइ र बिकासको मुद्दाहरूका सन्दर्भ सधैं आफ्नो पार्टी अब्बल रहेको जिकिर गरे। सो अवसरमा एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल ,पार्टीका जिल्ला सचिब दर्शन लामा ,पोखरा महानगर कमिटी सचिब सुशील बस्नेत , साबिक भरत पोखरी गा.वि. सका पूर्व अध्यक्ष यज्ञ प्रसाद आचार्य, पूर्व वडा अध्यक्ष शिव प्रसाद आचार्य सहितले पार्टीको अबको कार्य र भाबी रणनीतिका बिषयमा चर्चा गरेका थिए।

वडा कमिटी अध्यक्ष टुकराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष शान्तिदेवी आचार्य र संचालन सचिब ऋषिराज आचार्यले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।