पोखरेली गायक रोहनजंग कार्कीको नयाँ गीतको म्युजिक भिडियोको छायांकन गरिएको छ ।
लोक पप शैलीमा रहेको ‘राजा रानी’ गीतको कास्कीको पर्यटकीय गाउँ धम्पुसमा छायांङ्कन गरिएको हो । यसअघि थुप्रै चर्चित गीत नेपाली साङ्गितिक बजारमा ल्याई सकेका गायक कार्कीको यो पाँचौ गीत हो । आयुष प्रतिक अधिकारीको शब्द रहेको गीतमा बिनोद बानियाँको संगीत र कम्पोज, तथा मिक्सिङ्ग, मास्टरिङ्ग राजेश विष्ट अधिकारीको रहेको छ । गीतको एरेञ्जर राजेश विष्ट क्षेत्री हुन् । म्युजिक भिडियोको निर्देशन सबिन गुरुङले गरेका छन् भने नविन थापाले धम्पुसका सुन्दर दृश्यलाई क्यामेरामा कैद गरेका छन् । भिडियोमा मोनिका गुरुङको अभिनय रहेको छ भने उनीसँग गायक कार्कीले स्क्रीन शेयर गरेका छन् ।
केही हप्ताभित्रै बजारमा ल्याउने गरी भिडियोको काम भईरहेको गायक कार्कीले बताए । उनले यसअघिका सिर्जना जस्तै यसलाई पनि दर्शक स्रोताले मन पराउने अपेक्षा गरे । उनले यसअघि कान्छी १ र २,कहिले आउँ, माया तिमि जस्ता गीत दर्शकका बिचमा ल्याई सकेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराकी बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिएको…







