२७ औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
दिवसका अवसरमा गण्डकी आयुर्वेद अस्पताल, पोखराले खुला जनचेतनामूलक भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गर्नुका साथै अस्पताल परिसरमा रहेको भगवान् धन्वन्तरीको मूर्तिमा पूजाअर्चना तथा माल्यार्पण गरेको छ । कार्यक्रममा गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार केसीले सन्तुलित, स्वच्छ र स्वस्थ आहारविहारले रोगको जोखिम कम गर्नुका साथै स्वस्थ र दीर्घ जीवन प्राप्त गर्न सहयोग पुग्ने बताए। उनले मन्त्रालय आयुर्वेद सेवा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध रहेको पनि बताए।प्रमुख डा. केसीले जनचेतनामूलक भिडियो प्रतियोगिता आयोजना गर्नु उदाहरणीय कार्य भएको बताउँदै, यसले जनमानसमा स्वास्थ्य सचेतना जगाउने विश्वास व्यक्त गरे ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि र डिजिटल माध्यमबाट सर्जकलाई जोड्ने उद्देश्यले आयोजना गरेको भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । अस्पतालका अनुसार दाङकी प्रियङ्का चौधरी प्रथम, सविता केसी द्वितीय र डा. सरोज पन्थीको भिडियो तृतीय भएको छ । सो नतिजा अस्पतालकी कन्सल्टेन्ट शल्यचिकित्सक डा. दीक्षा पौडेलले सार्वजनिक गरेकी थिइन्।सोही अवसरमा कार्यक्रममा लामो समयदेखि आयुर्वेद क्षेत्रमा सेवा गर्दै आएकी अस्पतालकी वैद्य निरीक्षक सीता शर्मालाई सम्मानसमेत गरिएको थियो।उनी अनिवार्य अवकाशमा जान लागेकी छन् ।
कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालय पर्वतका प्रमुख डा. किरणकमल बस्ताकोटी, मन्त्रालयका बुद्धिसागर अधिकारी, गण्डकी प्रदेश अडानका सदस्य–सचिव डा. विवश बास्तोला,अस्पतालकी कन्सल्टेन्ट कायचिकित्सक डा. सुनिता आचार्यलगायतले आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको महत्त्वबारे जानकारी गराएका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराकी बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गरिएको…







