सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया चाहना थापा र सर्लाही, हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ती बस्नेत छन्। उनीहरुलाई लुम्बिनी सांस्कृतिक नगरपालिका १० महिलावार बजारबाट गएराती नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल हुने गरी अश्लील नृत्य गरेका युवतीलाई सार्वजनिक हित र नैतिकता विरुद्धको कसूरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरीका सूचना अधिकारी चन्द्रकिशोर शाहले जनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई…







