देवेन्द्र–भगवान स्मृति छात्रवृति अक्षयकोषका लागि रकम हस्तान्तरण गरिएको छ ।
पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयबाट २०३८ सालको प्रवेशिका परीक्षामा संलग्न समुहले कोष स्थापना गर्न संकलन गरेको रकम शुक्रबार विद्यालयलाई हस्तान्तरण गरेको संयोजक रामबहादुर बानियाँले जानकारी दिए । २ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोषको बाँकी रकम ६० हजार १११ रुपैयाँ संयोजक बानियाँ, दुर्गालाल श्रेष्ठ र केशव प्रसाद आचार्यले विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरे । समुहले यसअघि कोषका लागि १ लाख ५१ हजार प्रदान गरेको थियो ।रकम संकलनका लागि समुहले अभियान नै संचालन गरेको थियो । कोषका लागि एस एल सी ब्याच २०३८ का विद्यार्थीले सहयोग गरेका छन् ।
समुहले तत्कालिन विद्यालयका प्रधानाध्यापक स्वर्गीय देवेन्द्रराज रेग्मी र भगवानसिंह आलेको स्मृतिमा वि.सं २०८१ माघमा सो अक्षयकोष स्थापना गरेको हो । सो रकमवाट प्राप्त व्याजले कक्षा ६ मा अध्ययन गर्ने उत्कृष्ट गरिव तथा जेहेन्दार विद्यार्थीलाई नगद ६ हजार रुपैयाँ, दश कक्षामा पढिन्जेलसम्म निरन्तर प्रदान गरिने बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले कार्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले…







