सरकारले कार्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन गर्ने परम्परा रही आएकोले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिइएको उल्लेख छ।योसँगै भोलिदेखि लगातार ३ दिन बिदा परेको छ ।
भोलि शनिबार र पर्सि आइतबार पनि सार्वजनिक बिदा छ । छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले कार्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले…







