अहिले कुन-कुन फलफूल कुन-कुन मौसममा खाने?
ऋतु परिवर्तनअनुसार प्रकृतिले कुन फलफूल कहिले फलाउने र त्यो मानव शरीरका लागि किन आवश्यक छ भन्ने कुरा निर्धारण गरेको हुन्छ। एआईभन्दा पनि प्रकृतिको यो व्यवस्था विज्ञानसँग जोडिएको विषय हो।
जस्तै, अहिले सुन्तला, कागती, भोगटे, लप्सी, जामिर, बिमिरोजस्ता फलफूलको मौसम आएको छ, हैन हजुर? यी फलफूल अहिलेको मौसममा खानुपर्छ।
यी मौसमी फलफूल खाँदा मात्रै हाम्रो शरीरले वर्षभरि आवश्यक पर्ने पोषण प्राप्त गर्न सक्छ। यिनले शरीरमा गर्ने विभिन्न काम, सिर्जना गर्ने ऊर्जा र सञ्चालन गर्ने जैविक प्रणालीसँग हाम्रो शरीर पनि समानान्तर रूपमा काम गर्न सक्छ।
कुन समयमा के रोप्ने?
धान रोपिन्छ नि, धान। धान रोप्ने वास्तविक सिजन भनेको असार–साउन हो, राइट?
असार–साउनको त्यो एस्ट्रोनोमिकल अर्डरमा, ऋतु परिवर्तनमा, तापक्रममा र माटोमा चाहिँ सबैभन्दा बढी प्रकृतिमा धानलाई चाहिने ब्याक्टेरियल पपुलेसन हुन्छ। यसलाई Soil Microbiology भनिन्छ। ब्याक्टेरिया, मोल्डहरू काम गर्ने, अर्गानिक खालका मिनरललाई ब्रेकडाउन गरेर पोषण तत्त्व निकाल्ने प्रक्रिया धानलाई चाहिने गरी त्यही सिजनमा हुन्छ।
नत्र तपाईंले मङ्सिरमा रोपे पनि त माटोमा पानी हाल्दा हिलो भइहाल्छ, होइन? तर त्यहाँ त्यो प्रक्रिया बन्दैन। त्यो नभएपछि उसलाई पोषण तत्त्व पुग्दैन भने धान राम्रोसँग हुर्किन सक्दैन।
आमाको पेटमा पनि त बच्चालाई हुर्किन, बढ्न, फिट भएर एउटा बच्चाको आकार लिन र विकास हुन रगत चाहिन्छ, होइन? त्यस्तै हामी प्रकृतिलाई माता भन्छौँ नि। त्यसरी नै माताले पनि कुन प्राणीलाई कतिखेर उत्पादन गर्नुपर्छ, आयु कति दिन दिनुपर्छ, कसरी फलाउनुपर्छ, त्यो सबै निर्धारण गरेको हुन्छ।
पछि–पछि हामीले त अलि–अलि कुराहरू सिधै त्यहाँबाट सुन्दै, पढ्दै अनि बुद्धि बढोस् भनेर एक्सप्रेस गरेको मात्रै हो, त्यसो होइन?
प्रकृति भनेको अथाह हो, अपार हो, अपरम्पार हो।
त्यस्तै प्रकृतिले उत्पादन गरेका खानेकुरालाई अहिलेको खाद्य विज्ञानले जसरी व्याख्या गरे पनि हाम्रा ऋषिमुनिभन्दा जान्ने खाद्य विज्ञान हुन सक्दैन, होइन?
त्यतिखेर भएका जडीबुटीहरू, खाद्य पदार्थहरू र कहाँको पानी खानुपर्छ, राम्रो मूलको पानी खानुपर्छ भन्ने कुरा त्यतिखेरै सिकाइएको होइन? उनीहरूले मिनरल वाटर खानुपर्छ भनेनन् त। जहाँ प्रदूषण छ, त्यहाँका मानिसलाई पनि मिनरल वाटर चाहियो। हाम्रोमा त प्रकृतिले आफैँ फिल्टर गरेर पानी पठाइदिएको छ।
हावालाई पनि दैनिक पानी पर्दा “वास” गरिएको, यसलाई नुहाइएको शुद्ध हावा भन्न सकिन्छ। हामीले सास लिने, यहाँको हावा। अरेबियन कन्ट्री होस् वा अफ्रिकन कन्ट्री, जहाँ पानी पर्दैन, त्यहाँको हावा र यहाँको हावामा फरक हुन्छ। नुहाएपछि शुद्ध हुन्छ, होइन? हावा पनि नेचुरल्लि नुहाए पछि शुद्ध हुन्छ। हुनुपरेन? पखालिनुपरेन? तपाईंले देखिने कुरा मात्रै पखालिन्छ र? नदेखिने कुरा पनि पखालिन्छ।
यी भए हावाका कुरा।
हाम्रो अध्ययनले पनि के भन्छ भने पोखरा रिजनमा धेरै पानी पर्छ। अर्को हाई अल्टिच्युडमा हेरौँ, त्यहाँबाट बग्ने हावा हो।
एउटा इन्ट्रेस्टिङ तथ्य के भने, हामीले खाने पानी वर्ल्डकै लङ्गेस्ट डिस्टेन्समा उडेर आएको पानी हो। हाईयेस्ट अल्टिच्युडमा कन्डेन्सेसन भएर खसेको पानी हो। त्योभन्दा पवित्र पानी हुन्छ?
जापानमा पर्ने पानी, अमेरिकामा पर्ने पानीभन्दा हाम्रोमा पर्ने पानी माथि जान्छ, यसले गर्दा पोलुसन भएन ।
जापानका वातावरणविद्हरूले नेपालका कतिपय सहर र गाउँहरूमा अध्ययन र रिसर्च गर्छन्। Environmental Effect को आधारमा पोखरा कस्तो सहर हो भन्ने पनि अध्ययन गरेका छन्।
पोखरा मात्र नभनौँ, लुम्लेभन्दा माथि देखिने हिमालय रेन्जको जुन हावा छ, हावाको बहाव भन्छौँ नि, त्यो हाई अल्टिच्युडमा ठोक्किएर परावर्तन भएर आउँछ। कुरा बुझ्नुभयो?
अनि त्यहाँको के छ भन्छ भने, त्यो हावाको तपाईं अलि कल्पना गरिरहनुहोस् त।
त्यो हाम्रो हिमालमा, हावा पनि आएर ठोक्कियो। ठोक्किएर फर्कियो। समुद्रदेखि आएको पानी पनि ठोक्किएर फर्कियो। सूर्यको किरण पनि ठोक्किएर फर्कियो। सँगसँगै तीनवटा कुराहरू हिँडे। राइट ?
पानी पनि सँगै हिँड्छ, हावा पनि, सूर्यको किरण पनि। अन्त्यमा सूर्यको किरण कुनै एक ठाउँमा ठोक्किएर जान सक्छ।
हाम्रोमा परावर्तित भएर सबै आउँछन्।
त्यसरी आउँदाखेरि पानी र हावाको के हुन्छ भने, कन्डेन्सेस भएर फेरि त्यो हावा ठोक्किएर फेरि प्युरिफाई हुन्छ। पानीले त धोइहाल्यो नि, पानी परेपछि त। वास एयर भएर, सबैको।
यहाँ आइपुग्दाखेरि के भन्नु? मिनरल वाटरले के भन्छ? Highly Ionized Air भन्छ नि, अक्सिजन।
त्यो अद्भुत हुन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गत अक्टुबरमा ४१ हजार ७५८ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण…







