दानबहादुर कार्कीले बुझे,विशेष सुरक्षा सल्लाहकारको पत्र


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०८३ मा प्रकाशित




प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पत्र बुझेका छन् ।

प्रहरी महानिरिक्षकबाट हटाएर प्रधानमन्त्री मातहत रहने गरी सिर्जना गरिएको विशेष सुरक्षा सल्लाहकारको पत्र कार्कीले सकृही दिनमा नै बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ ।मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेकोे मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले सोही दिन नियुक्ति पत्र बुझ्नुभएको जानकारी दिए ।

त्यसपछि तिहार र छठ पर्वको समेत लामो विदा परेका कारण उनी कार्यालय हाजिर भने भएका छैनन् । उनको कार्यकक्ष सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको छ । तर पूर्व प्रहरी महानिरीक्षक कार्कीले भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।