दोस्रो माछापुच्छ्रे आमन्त्रित गल्फको उपाधि प्रेम तामाङलाई


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०८३ मा प्रकाशित




पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ को मुख्य उपाधि (ग्रस विजेता) प्रेम तामाङले जितेका छन् । कुल ६० स्कोर जोड्दै च्याम्पियन बनेका तामाङले उपाधिसँगै नगद २० हजार रुपैयाँ र ट्रफी हात पारे ।
हिमालयन गल्फ कोर्स र हिमालयन स्पोट्र्स म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा मंसिर ५ र ६ गते चलेको प्रतियोगितामा डिभिजन ‘ए’ (१–९ ह्यान्डीक्याप) तर्फ ६१ स्कोरका साथ प्रज्वल गुरुङ विजेता र ६० स्कोर जोडेका कवि थापा उपविजेता बने । डिभिजन ‘बी’ (१०–१४ ह्यान्डीक्याप) मा विश्व मान गुरुङ (६६ स्कोर) च्याम्पियन बन्दा एएसपी लिलाजंग गुरुङ (५३ स्कोर) उपविजेतामा सीमित भए । यस्तै, डिभिजन ‘सी’ (१५–१८ ह्यान्डीक्याप) तर्फ एसी शेर्पा (६४ स्कोर) विजेता र सुवास घले (५२ स्कोर) उपविजेता घोषित भए । तीनवटै डिभिजनका विजेताले जनही २० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे ।

महिलातर्फ ६५ स्कोर जोड्दै बालकाशी गुरुङ विजेता बनिन् भने ६२ स्कोर ल्याएकी जानवी गुरुङ उपविजेता बनिन् । महिला विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ तथा ट्रफी प्राप्त गरे । यस्तै, ६० वर्षमाथिको सिनियर विधामा ६४ स्कोरका साथ मेजर खिम गौचनले उपाधिसहित नगद १५ हजार रुपैयाँ र ट्रफी जिते ।

व्यक्तिगत तथा विशेष विधातर्फ खुला ‘लङ्गेस्ट ड्राइभ’ को उपाधि उदिम कुमार राईले जित्दा सिनियर (६०+) तर्फ क्याप्टेन राजेन्द्र गौचन उत्कृष्ट ठहरिए । ‘नियर टु द पिन’ (एनटीपी) मा इन्द्रधारा बिष्ट विजेता बने । होल नम्बर १८ को दोस्रो सटमा झण्डाको नजिक (११ फिट १० इन्च) बल पु¥याउँदै एएसपी लिलाजंग गुरुङ तथा सोही होलमा ५ मिटर ९  सेन्टिमिटरको ‘लङ पट’ प्रहार गर्दै मेजर जनरल सुदर्शन सिलवाल विजेता बने । विशेष विधाका पाँचै जना विजेताले जनही ५ हजार रुपैयाँ र ट्रफी पाए । होल नम्बर ४ मा राखिएको ‘होल इन वन’ को विशेष पुरस्कार भने कसैले जित्न सकेनन् ।

स्टेबलफोर्ड ३÷४ ह्यान्डीक्याप फम्र्याटमा ३६ होलमा खेलिएको प्रतिस्पर्धामा अमेरिका, बेलायत, सिंगापुरका गैरआवासीय नेपाली (एनआरएन) तथा स्वदेशका विभिन्न सहरका करिब ७० एमेच्योर गल्फर सहभागी थिए । पोखराको खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितालाई नेप्लिज डायस्पोरा स्पोट्र्स एण्ड कल्चर क्लब अमेरिकाले मुख्य प्रायोजन तथा गोर्खा ब्रुअरीले सहप्रायोजन गरेको थियो ।

विजयी खेलाडीहरूलाई प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङ, ओलम्पियन तथा नेप्लिज डायस्पोरा स्पोट्र्स एण्ड कल्चर क्लब अमेरिकाका अध्यक्ष नारायण गुरुङ, टी एण्ड एस अमेरिकाका प्रोपाइटर शिव गुरुङ, शर्मिस्ता गुरुङ, वासिङटन स्टेट अमेरिकाको कमिस्नर मोहन गुरुङ,  म्याग्दी होटलका सञ्चालक हाल अमेरिका धनमान थापा, एशियन तथा साफ गेमका गोल्ड मेडलिस्ट  रेनुका मगर लामा, अमेरिका स्याटलका अवैदानिक महावाणिज्यदुत  एसी शेर्पा,  पीजि शेर्पा, पाशाङ लामा, टेक गुरुङ, लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा हिमालय गल्फ कोर्ष पोखराका ब्यवस्थापक तथा हिमालयन स्पोर्टस इभेन्ट म्यानेजमेन्टका चेयरम्यान भुवन गुरुङले प्रतियोगितामा सहयोग गर्ने सहयोगीहरुलाई स्वागत गर्दै मायाको चिनो वितरण गरेका थिए । नेप्लिज डायस्पोरा स्पोट्र्स एण्ड कल्चर क्लब अमेरिकाका अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।