एभरेस्ट मिडिया हाउसको आयोजनामा भोली शनिबार रक्तदान कार्यक्रम आयोजना हुँदैछ ।
एभरेस्ट मिडिया हाउसको छैटौं बार्षिकोत्सवको अवसरमा मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको आयोजनामा भोली शनिबार रक्तदान कार्यक्रम हुन लागेको हो । लायन्स क्लब अफ पोखरा पिस टाउनको सहकार्यमा हुने रक्तदान कार्यक्रमको तयारी पुरा भएको मिडिया हाउसले जनाएको छ । ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागि बनौं” भन्ने मूलमन्त्रका साथ रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भोली शनिबार विहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म रक्तदान कार्यक्रम हुने कार्यक्रम संयोजक तथा बरिष्ठ समाचार वाचक शिशिर पौडेलले जानकारी दिए ।
एभरेस्ट मिडिया हाउसले १७ बर्ष उमेर पुगेका, ६५ बर्ष ननाघेका, ४५ केजी तौल भएका, अघिल्लो पटक रक्तदान गरेको ३ महिना अर्थात ९० दिन पूरा भएका र महिलाको हकमा मासिक रक्तश्राव भएको छैटौं दिन पुगेकाहरुलाई रक्तदानमा सहभागी हुन सक्ने बताएको छ । त्यस्तै, मेजर अपरेसन नगरेका, क्यान्सर, किड्नी ट्रान्स्प्लान्ट नगरेका, ब्लड प्रेसर नर्मल (औषधि खाइरहेको भए पनि ब्लड प्रेसर नर्मल छ भने रक्तदान गर्न मिल्ने भएकाले उनीहरुलाई पनि रक्तदानमा सहभागी हुन मिडियाले आग्रह गरेको छ । रक्तदान आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियान पनि भएको मिडिया हाउसका सम्पादक दीपेन्द्र श्रेष्ठले बताए । उनले भने,‘शरिरमा रक्तकोशिका फेरिने प्रक्रिया भइरहन्छ, अर्थात शरिरका पुराना रक्तकोशिका मर्ने र नया जन्मिने प्रक्रिया निरन्तर हुन्छ । त्यसैले खेर जाने उक्त रगत दान गरेर एक जना बराबर ३ जनासम्मको ज्यान जोगाउन सकिने भएकाले रक्तदानको महत्व धेरै छ ।’ मिडिया हाउसले स्थापना कालदेखि नै वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नियमित रक्तदानको महत्व र फाईदाबारे सचेतना जगाउने कार्य गर्दै आएको छ ।
कार्यक्रमलाई कर्मकुमारी गुरुङ संस्थापक अध्यक्ष तमु धिं नेपाल, सुनचाँदी व्यवसायी संघ, कास्की,बिग डिजिटल,पोखरा, सिटिजन फर्निचर, न्युरोड, हिमालयन एभरेष्ट इन्स्योरेज्स लिमिटेड, न्युरोड,डिजिटल साउण्ड एण्ड भिजन, न्युरोड, युनाईटेड रेफरेन्स ल्याब्रोटरी, पोखरा,आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रा.लि, रानीपौवाले सहयोग गरेको छ । त्यस्तै कार्यक्रमलाई स्टेशन दी फूड क्लब, निभागल्ली, चिप्लेढुङ्गा,कञ्चन ज्वेलर्स प्रा.लि, तेर्सापट्टी,आर डि एस क्याटरिङ सर्भिस, तेर्सापट्टी, पोखरा भिलेज एण्ड स्पा, लेकसाइड, पुन ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज प्रा.लि, प्रस्याङ,इम्पावर हेल्थ केयर, सिमलचौर, गणेशमान प्रधानाङ्ग, टुँडिखेल र पोखरा १६ का जनप्रतिनिधि मञ्जु बस्यालले सहयोग गरेका छन् । रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा– डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सीपमूलक शिक्षाको माग बढिरहेका बेला युवा उद्यमी…







