फेवा किङ्स कप भलिबल ः कोशी प्रदेशको लगातार ३ हार


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित




युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा भएको ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ मा कोशी प्रदेशले लगातार ३ खेल गुमाएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको पहिलो खेलमा कोशी प्रदेश सशस्त्र पहरी बलको एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको हो । एपिएफले कोशीलाई २५–२२, २५–२१, २४–२६ र २५–१५ ले पराजित गरेको हो । फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । शुक्रबार दोस्रो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्बल, तेस्रो खेलमा गण्डकी प्रदेश र आयोजक किङ्स पोखरा बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।