राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित




राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न सभापति लामिछाने राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही, संसद्का गतिविधि तथा अध्यादेशलगायत विषयमा छलफल भएको छ ।

साथै, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि विचारविमर्श भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।