पोखरा बहुमुखी क्याम्पसको आयोजनामा जिल्ला स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
क्याम्पसको ४०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा सगरमाथा मावि कक्षा ११ की छात्रा राशिका थापा प्रथम, प्रतिभा मावि ११ की छात्रा सदिक्षा बिक द्वितीय र महेन्द्र मावि भलाम कक्षा १२ की छात्रा करुणा बास्तोला तृतीय भए । उनीहरुलाई क्रमश १० हजार, ७ हजार र ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष शंकर गुरुङले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विद्यार्थीहरूमा वक्तृत्वकला, तार्किक क्षमता, आत्मविश्वास तथा समसामयिक विषयप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै सामाजिक विषयप्रतिको जिम्मेवारीबोध र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै सबै विद्यार्थीको प्रस्तुति निकै प्रभावशाली रहेको बताइन् ।उनले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी, उनीहरूलाई प्रोत्साहन गर्ने शिक्षक तथा विद्यालय परिवार, निर्णायक मण्डल र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद तथा आभार व्यक्त गरिन्।
सहायक क्याम्पस प्रमुख महेन्द्र रिमालले स्वागत मन्तव्य राख्दै सबै विद्यालयभरिबाट छनोट भएर सहभागी हुन आउनु नै विजय भएको बताउँदै सबै प्रतियोगीलाई बधाई तथा शुभकामना दिए । कार्यक्रम संयोजक ध्रुव केसीले प्रतियोगितामा ‘सामाजिक सञ्जालको प्रयोग, अवसर र चुनौतीहरू’ तथा ‘जलवायु परिवर्तन तथा विपद् न्यूनीकरणमा युवाको भूमिका’ गरी दुई समसामयिक विषय समावेश गरिएको बताए।
प्रतियोगिताको निर्णायकहरुमा प्राध्यापकहरु अनुपमणि अधिकारी, आइतकुमारी गुरुङ, जुना थापा रहेका थिए । प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । क्याम्पसले आफ्नो बार्षिकोत्सव यही मंसिर १४ गते मनाउन गइरहेको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा– डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सीपमूलक शिक्षाको माग बढिरहेका बेला युवा उद्यमी…







