विन्ध्येश्वरी आदर्शमा खेलकुद कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०८३ मा प्रकाशित




पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

तीन दिनसम्म संचालन भएको प्रतियोगितामा विभिन्न तहगत रुपमा गरी २७ ओटा खेल आयोजना गरिएको थियो । खेलकुद कार्यक्रममा विद्यार्थीहरुले सदनात्मक र खुल्ला रुपमा सहभागीता जनाएका थिए । उत्कृष्ट विद्यार्थीलाई आगामी पौष ४ गते विद्यालयको वार्षिकोत्सवमा पुरस्कार वितरण गरिने विद्यालयले जानकारी दिएको छ । यसअघि कार्यक्रमको समापन गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थीको शारिरीक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रम प्रभावकारी भएको बताए । उनले विद्यार्थीको उत्साह एवम् सहभागीताले यिनीहरुमा रहेको सम्भावनालाई यथार्थमा परिणत गर्न सबै पक्षबाट यथासक्य सहयोग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमको संयोजन मा.वि. तहमा अशोक शर्मा, आधारभूत सिनियर तहमा शर्मिला शर्मा, आधारभूत जुनियर तहमा कुसुम तामाङ र पूर्व प्रा.वि. तहमा लक्ष्मी रसाइलीले गरेका थिए । कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयालकोटीको संयोजकत्वमा सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।