पोखरा– डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सीपमूलक शिक्षाको माग बढिरहेका बेला युवा उद्यमी नवीन श्रेष्ठले सञ्चालन गरेको पर्फेक्ट एकेडेमीले सेवा विस्तार गरेको छ। एकेडेमीले पोखरा महानगरपालिका–१० अमरसिंह चोकमा सेवा विस्तार गरी शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको हो।
एकेडेमीले कम्प्युटर शिक्षा, कृत्रिम बुद्धिमत्ता (एआई), ग्राफिक डिजाइन, भिडियो सम्पादन, डिजिटल मार्केटिङ, अंग्रेजी भाषा र लेखा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।
विद्यार्थी, युवा, व्यवसायी तथा रोजगारीको खोजीमा रहेका व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिएका तालिममा सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक अभ्यासलाई प्राथमिकता दिइएको एकेडेमीले जनाएको छ। बालबालिकादेखि वयस्कसम्मका लागि आवश्यकताअनुसार तालिम लिन सकिने व्यवस्था गरिएको छ।
एकेडेमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले डिजिटल युगमा प्रत्येक व्यक्ति प्रविधिमैत्री र सीपयुक्त हुन आवश्यक रहेको बताए। प्रमाणपत्रमा मात्र सीमित नभई रोजगारी, व्यवसाय र दैनिक जीवनमा उपयोगी हुने व्यावहारिक ज्ञान दिन एकेडेमीले जोड दिएको उनले बताए।
एकेडेमीले अनलाइन र प्रत्यक्ष दुवै माध्यमबाट कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। अमरसिंह चोकमा विस्तार गरिएको सेवा शुभारम्भ भइसकेको श्रेष्ठले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा– डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै सीपमूलक शिक्षाको माग बढिरहेका बेला युवा उद्यमी…







