सांकेतिक तस्बीर
इलामको आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ।
प्रतियोगिताको पहिलो दिन बुधबार दिनको समूह ’ए’ को दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशले गौरादह नगर खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
बुधबार भएको तेस्रो खेलमा गण्डकीले गौरादहलाई २६–२४, २५–२१, २५–२१ को सोझो सेटले हराउँदै विजयी सुरुवात गरेको हो। अब गण्डकीले आज (बिहीबार) ३ जना भारतीय राष्ट्रिय खेलाडी सम्मिलित विमान ट्रेडर्ससँग आफ्नो दोस्रो खेल खेल्दैछ।
प्रतियोगिताको पहिलो दिन विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफले पनि आ–आफ्नो खेल जित्दै विजयी सुरुवात गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले आफ्नो पहिलो खेलमा विमान ट्रेडर्सलाई ३–२ को सेटमा जित निकालेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले विमान ट्रेडर्सलाई २५–१७, १८–२५, २५–१८, २१–२५ र १५–८ ले हराएको हो। बिहीबार आर्मीले गौरादहसँग आफ्नो दोस्रो खेल खेल्दैछ।
त्यस्तै, अर्को विभागीय डर्बी खेलमा सशस्त्रको एपीएफले नेपाल पुलिसमाथि पनि ३–२ कै सेटमा जित निकालेको हो। बुधबारको दोस्रोा खेलमा नेपाल पुलिसमाथि एपीएफले २६–२४, २५–२२, १८–२५, १६–२५ र १५–१० ले जित निकालेको हो। एपीएफले आफ्नो दोस्रो खेल दमकसँग खेल्दै्रछ।
फागुन ४ देखि ८ गतेसम्म संचालन हुने प्रतियोगितामा ७ टोलीको सहभागिता छ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद विकास समिति र गण्डकी प्रदेश छन्।
समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






