यमनको हुथी विद्रोही समूहले साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला गरेको दाबी गरेको छ।
आफ्नो समूह निकट टेलिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै हुथी विद्रोही नेतृत्वले सो दावी गरेको हो। उनीहरुले आरमको जेद्दाह र जुबेल अड्डाहरुमा दशवटा ड्रोनमार्फत हमला गरेको बीबीसीले जनाएको छ।
साउदी अरबले भने यो घटनाबारे केही प्रतिक्रिया दिएको छैन। हुथी विद्रोही समूहलाई इरानको समर्थन प्राप्त छ। उनीहरुले पछिल्ला वर्ष साउदी अरबमाथि ड्रोन र मिसाइल आक्रमणलाई तिव्र बनाएका छन्। साउदी अरब एक सैन्य समूहको नेतृत्व गर्दैछ, जुन गत ६ वर्षदेखि यमनमा हुथी विद्रोही समूहविरुद्ध लडिरहेको छ।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







