अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ विरुद्धको खोपको नाम आफ्नै नाममा ‘ट्रम्पसिन’ राख्नुपर्नेमा जोड दिदैँ आएका छन्।
ट्रम्पले शनिबारको एक कार्यक्रममा कोभिड–१९ विरुद्धको खोपका लागि फेरिपनि आफूलाई श्रेय दिँदै त्यसको नाम आफ्नो नाममा राखिनुपर्ने बताएका हुन्।
यहाँसम्म कि उनले सबैका सामु ‘ट्रम्पसिन’ भन्ने नामसमेत सुझाव दिएको त्यहाँ उपस्थित एक सीएनएन रिपोर्टरले ट्वीटर पोस्टमा लेखेका छन्। रिपब्लिकन पार्टीका डोनरहरुको उपस्थितिमा उनले यस्तो भनेका हुन्।
यसका साथै उनले नोभेम्बरको चुनावलाई अपमानजनक शब्दमा उल्लेख गर्दै २०२२ मा रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभा पुनः आफ्नो नियन्त्रणमा लिन मद्दत गर्ने वचन पनि दिएका हुन्। त्यस्तै, उनले पूर्वउपराष्ट्रपति माइक पेन्सप्रति आफ्नो पक्ष लिन पर्याप्त बहादुरी नदेखाएको भन्दै गुनासो गरेका छन्।
ट्रम्पका अनुसार अझैपनि अधिकांश डेमोक्रेट्सहरुले उनले नै चुनाव जितेको मान्छन् तर बाहिर ठूलो आवाजमा भन्न सक्दैनन्। यसपछि उनले सीमाना पार गरिरहेका आप्रवासीबारे पनि टिप्पणी दिएका हुन्। तिनलाई अवैध, हिंसात्मक अपराधी भनेर बोलाएका छन्।
२०२४ को राष्ट्रपति चुनावमा लड्ने सम्बन्धी चाहिँ ट्रम्पले कार्यक्रममा कुनै उल्लेख नगरेको बताइएको छ। उनी सँगै उनको प्रशासनका पूर्वराज्यसचिव माइक पोम्पेओले पनि चुनाव लड्न सक्ने बताइएको छ।
डेलीमेलमा समाचार छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







