विश्वमा कोरोनाको संक्रमण बढ्दो, सात दिनमै ५२ लाखभन्दा बढीमा संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०७८ मा प्रकाशित




विश्वभर कोरोना संक्रमितहरुको संख्या पछिल्लो दिन बढ्दो छ।

सात दिनको अवधिमा संसारभर ५२ लाखभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नयाँ कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको बेला मृतकहरुको संख्या पनि बढ्दै गएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना संक्रमितहरुको संख्या १४ करोड १८ लाख १३ हजार २५७ पुगेको छ। जबकि संक्रमणबाट मर्नेहरुको संख्या ३० लाख २७ हजार ३ सय ५३ पुगेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।