अफ्रिकी मुलुक बुर्किनाफासोमा आतंकवादीहरुले ३ जना युरोपेली पत्रकारको हत्या गरेको त्यहाँका अधिकारीहरुले बताएका छन्।
हत्या गरिएकाहरुमा दुई जना स्पेनिस र एकजना आइरिस पत्रकार छन्। बुर्किनाफासोका संरक्षित जीवजन्तुको चोरी शिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरुमाथि आक्रमण गरिएको थियो।
बुर्किना फासोका संचारमन्त्री एवं सरकारका प्रवक्ता ओसेनी टाम्बुराले एक विज्ञप्ति प्रकाशन गरी ३ जना पत्रकारको हत्या भएको र १ जना बुर्किना फासोका नागरिक बेपत्ता भएको बताएका छन्।
फाडा एन्गुर्मा–पामा क्षेत्रमा भएको उक्त आक्रमणमा अरु ६ जना घाइते भएका छन्। बुर्किना फासोका एक जना वरिष्ठ सुरक्षा अधिकारीले आतंकवादी समूहले पत्रकारहरुको हत्या गरेको पुष्टि गरे। ती पत्रकारहरू रिपोटर्स विदाउट बोर्डर्ससँग आबद्ध थिए।
एएफपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







