फाइल तस्बीर
सूचना तथा प्रसारण विभागले भोली (आइतबार)देखि सेवा प्रवाह स्थगित गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि विभागले शुक्रबार विज्ञप्ति जारी गरी यही वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो।
कर्मचारीलाई कोरोना पुष्टि भएको तथा निजसँग निकट सम्पर्कमा रहेका केही कर्मचारीलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको जनाउँदै विभागबाट प्रदान गरिने पत्रकारको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारी÷नवीकरण, अनलाइन संचार माध्यम नयाँ/पुनः दर्ता/नवीकरण र प्रसारणतर्फको संपूर्ण सेवा प्रवाह गर्दा बढी जनसम्पर्क हुने विभागको भनाई छ।
विज्ञप्तिमा भनिएको छ, ‘विभागका सेवा अनलाइन भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नहुने, बढी जनसम्पर्क हुने तथा कोरोनाको बढ्दो सङ्क्रमणबाट सेवाग्राही तथा कर्मचारीलाई सम्भावित संक्रमणबाट जोगाउन अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगन गरिएको छ।’
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा गएको बाढीबाट ठूलो मानवीय र भौतिक क्षति…





