दिल्लीमा लकडाउनको अवधि थपियो


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित




भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण नरोकिएको भन्दै लकडाउनको अवधि थप गरिएको छ।

मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार साँझ यसको घोषणा गरेका हुन्। यसअघि ३ मेको बिहान ५ बजेसम्मका लागि लकडाउन लागू गरिएको थियो। यसलाई बढाएर १० मे बिहान ५ बजेसम्मका लाथि थप गरिएको छ।

पछिल्ला १५ दिनदेखि दिल्लीमा २० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन्। अन्तिमपटक १६ अप्रिलमा २० हजारभन्दा कम संक्रमित फेला परेका थिए। शुक्रबार नयाँ संक्रमितको संख्या २७ हजार ४७ थियो। त्यही अवधिमा थप ३ सय ७५ जनाले ज्यान गुमाएका थिए ।

यही अवधिमा थप २५ हजार २ सय ८८ जना निको पनि भएका छन्। दिल्लीमा हालसम्म ११ लाख ४९ हजार जना संक्रमित भएका छन् भने १० लाख ३३ हजार निको पनि भएका छन्। हालसम्म १६ हजार १ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् भने ९९ हजार ३ सय ६१ को उपचार भइरहेको छ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।