अफगानिस्तानमा कार बम विस्फोट, कम्तीमा ३० जनाको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित




अफगानिस्तानमा कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

भिडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्।

अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पतालबाहिर सडकमा विस्फोटको घटना भएको हो।

स्थानीय समयानुसार बेलुका ६.५० मा घटना भएको थियो। प्रारम्भिक विवरणअनुसार विस्फोट भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो।

घटनामा परी मृत्यु हुनेहरुको संख्यामा वृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले सिन्ह्वासँग बताएका छन्। उनीहरुका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या वृद्धि हुने अनुमान गरिएको हो ।

विस्फोटका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेन्समा पनि क्षति पुगेको अधिकारीहरुले जनाएका छन्। घटनाबाट प्रभावित भएका मध्ये धेरैजना स्वास्थ्यकर्मीहरु समेत रहेका छन्। त्यसैगरी, विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् ।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।