पीएसएलका बाँकी खेलहरु युएईमा


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०७८ मा प्रकाशित




पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आबुधाबिमा आयोजना हुने पक्का भएको छ।

कोरोना महामारीका कारण लामो समय रोकिएको पीएसएलका खेलहरू संचालन गर्न युएईको आबुधाबी सरकारले अनुमति दिएको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि आबुधाबी सरकारले अनुमती दिएको थियो।

बाँकी खेलको मिति भने तय भएको छैन। यसअघि, कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका थियो।

युएई पुगेपछि खेलाडी र अफिसियलहरु ७ दिन क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान छ। पीएसएलमा अब २० खेलहरु बाँकी छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।