तस्बीरः एजेन्सी
नाइजेरियाको उत्तर–पश्चिमी राज्य कडुनामा एउटा विमान दुर्घटना परेको छ।
दुर्घटनाा परेर सेना प्रमुख जनरल इब्राहिम अटाहिरूकोे मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ।दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरूको ज्यान गएको बताइएको छ।
राष्ट्रपति मोहम्मदु बुहारीले दुर्घटनाका कारण आफू गहिरो दुःखमा परेको बताएका छन्। गत जनवरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा ५४ वर्षीय जनरल अटाहिरूले उक्त पद सम्हालेका थिए।
इस्लामिक लडाकुहरूका कारण एक दशकभन्दा लामो समयदेखि अस्थिरता झेलिरहेको उक्त पश्चिम अफ्रिकी देशमा त्यस्तो पुनर्संरचना सेनाको प्रभावकारिता बढाउने सरकारी उद्देश्य अन्तर्गत गरिएको थियो।
नाइजेरियन एयर फोर्सका अनुसार विमान कडुना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सो दुर्घटना भएको थियो। राष्ट्रपति बुहारीले उक्त दुर्घटनाबारे एउटा ट्वीट गर्दै देशले सामना गरिरहेको सुरक्षा चुनौतीलाई हाम्रो फौजले आत्मविश्वाससाथ अन्त्य गर्न खोजिरहँदा त्यसमा घातक आघात पुगेको बताएका छन्।
ठिक ३ महिनाअघि नाइजेरियाको सेनाको एउटा अर्को विमान राजधानी अबुजामा धावनमार्ग छुने क्रममा दुर्घटना भएको थियो। फेब्रुअरीको उक्त दुर्घटनामा समेत सवार सबै ७ जनाको ज्यान गएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







