भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर/गुगलबाट

भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको ज्यान गएको छ।

सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरुको ज्यान गएको हो। उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त घटना भएको शनिबार संचारमाध्यमहरुले जनाएका छन्।

यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले सो विषाक्त रक्सीको सेवनबाट यहाँका २२ जनाको ज्यान गएको पुष्टि गरेका छन्। अधिकारीका अनुसार अरु केही अस्पताल भर्ना भएका छन्।

अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गंभीर रहेको संचारमाध्यमहरुले समाचारमा जनाएका छन्। बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेर सेवन गरेका थिए।

त्यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका ५ वटा रक्सी पसल सिल गरेका छन् र ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन्। त्यस्तै, ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ।

सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।