तस्बीर : एजेन्सी
चीन सरकारले अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप लिन आज (सोमबार) नेपाल वायुसेवा निगमको जहाज बेइजिङ उड्ने भएको छ।
चीन सरकारले दोस्रोपटक अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन निगमको वाइड बडी जहाज त्यसतर्फ जान लागेको हो।
चिनियाँ अनुदानको खोप लिन निगमको वाइड बडी जहाज सोमबार राति काठमाडौंबाट बेइजिङका लागि उड्ने र मंगलबार अपराह्न २ बजे काठमाडौँ अवतरण गर्ने तालिका छ।
सो खोपमध्ये चीनको केन्द्रीय सरकारले दिने ८ लाख मात्रा निगमको जहाजले मंगलबार नेपाल ल्याउनेछ भने बाँकी दुई लाख मात्रा नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले युनानको कुन्मिङबाट ल्याउनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







