तस्बीर : गुगलबाट
भियतनाममा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएपछि हो चि मिन्ह शहरका पुरै स्थानीय बासिन्दाहरुको परीक्षण गरिने भएको छ ।
नयाँ स्वरुपको कोरोनाभाइरस हावामार्फत तीव्र रुपमा फैलिन सक्ने भएकाले यहाँ १५ दिनका लागि सामाजिक दूरी कायम गर्ने मापदण्ड लागू गर्ने अधिकारीहरुले बताएका छन्।
भारतमा र बेलायतमा देखिएको कोरोनाभाइरसका प्रजातिको नयाँ भेरिएन्ट मिश्रितरुपमा आफ्नो देशमा देखिएको भियतनामको स्वास्थ्यमन्त्रीले बताएका छन्।
भियतनामको हो चि मिन्ह शहरमा धार्मिक गतिविधि बढेपछि कोरोनाभाइरस संक्रमण वृद्धी भएको अधिकारीहरुले बताएका छन्। त्यहाँ एउटै धार्मिक स्थलमा सहभागी १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो।
दैनिक १ लाख जनाको परीक्षण गरिने त्यहाँका अधिकारीले बताएका छन्। त्यहाँ १० जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ, पसल र रेष्टुरेष्टहरु बन्द गरिएको बीबीसीले जनाएको छ।
सन् २०२० को सुरुवातमा भियतनाममा कोरोना संक्रमण देखिएलगतै स्वदेश फर्किने आफ्नो नागरिकबाहेक सबैलाई प्रवेशमा रोक लगाइएको थियो र विदेशबाट फर्कने सबैलाई अनिवार्य क्वारेन्टाइन र परीक्षणको व्यवस्था गरिएको थियो।
भियतनाममा कोरोनाभाइरस संक्रमण अहिलेसम्म ७ हजार १ सय ७ जनामा पुष्टि भएको छ भने ४७ जनाको मृत्यु भएको छ ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







