तस्बीर : गुगलबाट
कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार ५ जना प्रहरीको मृत्यु गएको छ।
सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटना आइतबार भएको र त्यसमा सबार रहेका ५ जना प्रहरी अधिकारीहरुको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिएका छन्। विज्ञप्ति जारी गर्दै उनले कोलम्बियाको प्रहरी सेवामा रहेका ५ जना अधिकृतले ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन्।
ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा भएको बताइएको छ। ती प्रहरीहरू त्यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत अधिकारी रहेको बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन्।
रासस/एएनआई
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







