नाइजेरियामा बन्दुकधारीले गरे १५० विद्यार्थी अपहरण


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित




तस्बीर : एएफपी

नाइजेरियामा एउटा इस्लामिक विद्यालयमा अध्ययनरत झण्डै १ सय ५० जना विद्यार्थी अपहरणमा परेका छन्।

नाजेरियाली अधिकारीले बन्दुकधारीले विद्यार्थी अपहरण गरेको पुष्टि गरेका छन्। मोटरसाइकलमा आएका अपहणकारीले बन्दुक चलाउँदै मानिसलाई त्रसित बनाएर विद्यालयमा प्रवेश गरेको बताइएको छ।

उनीहरुले अन्धाधुन्ध गोली चलाउने क्रममा दुई जनाको मृत्यु भएको छ। विद्यालयमा ८ देखि १८ वर्षका विद्यार्थी थिए। नाइजेरियकाका उत्तरी राज्यहरुमा विद्यार्थी अपहरण बढ्दो छ। गत फेब्रुअरीमा एक वोर्डिङ स्कुलमा अध्ययनरत झण्डै ३ सय किशोरीहरु अपहरणमा परेका थिए। ती मध्ये हाल धेरैजसो बन्धकमुक्त भइसकेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।