तस्बीर: एन्फा
यतिखेर, नेपालको राष्ट्रिय फुटबल टोली कुवेतमा छ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तरगत बाँकी खेलका लागि टोली कुवेतमा रहेको हो।
नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति कुवेत पुगेको हो। कुवेत पुगेलगत्तै नेपाली टोलीको कोरोना परीक्षण भएको थियो।
नेपाली टोली र अफिसियल सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको समाचार छ। नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेलेर विश्वकप छनोटको खेलहरुका लागि कुवेत पुगेको हो।
विश्वकप छनोट अन्तर्गत नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने लगभग समाप्त भइसकेको छ। समूह ‘बी’ मा रहेको नेपाल नेपालले अब बाँकी सबै खेल (३ खेल) जित्दै फराकिलो जित निकालेमा भने दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना छ।
नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी छ। नेपालले जुन ३ मा ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







