तस्बीर : गुगलबाट
कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ।
यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो। दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हो।
गत सिजन पनि कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो। ब्राजिल साविकको विजेता टोली पनि हो। अर्जेन्टिनामा हुने भनिएको प्रतियोगिता कोरोना भाइरसको महामारीको कारण ब्राजिलमा हुने भएको हो। प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका छ।
यसअघि, कोरोना भाइरसको महामारीका कारण कोपा अमेरिका फुटबल अर्जेन्टिनामा नहुने जनाइएको थियो। दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका अर्जेन्टिनामा नगरिने जनाएको हो।
कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनाबाट स्थगित छ। प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ। अर्जेन्टिनामा प्रतियोगिता नहुने भएपछि अन्य राष्ट्रसँग छलफल भइरहेको जनाइएको थियो। सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाइरसको महामारीकै कारण एक वर्ष पछि सरेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







