तस्बीर: गुगलबाट
यही जुलाईबाट सुरु हुने ओलम्पिक खेलका लागि बिदेशबाट खेलाडी आउने क्रम सुरु भएको छ।
अष्ट्रेलियाबाट सफ्टबलका खेलाडीसहितको ३० जनाको टिम नारिता विमानस्थलमा ओर्लिएको छ। ओलम्पिकका लागि बिदेशबाट आउने पहिलो टिम पनि अष्ट्रेलियाको टिम रहेको एनएचकेमने खबर छ।
विमानस्थलमा जाँच गरिएको कोभिड–१९ परीक्षण नेगेटिभ आएपछि खेलाडीहरु बस्ने ठाउँ ओता शहरमा पुगेका छन्। बाहिरबाट आएका खेलाडी र प्रतियोगितासँग सम्बन्धित व्यक्ति कोभिडको खोप लगाएका हुनेछन्। साथै उनीहरूको हरेक दिन कोभिड संक्रमण परीक्षण गरिने पनि बताइएको छ।
संक्रमण रोकथाम गर्न र अन्य व्यक्तिसँगको सम्पर्क रोक्न विदेशबाट आउने ओलम्पिक र पारा–ओलम्पिकका टिमसहितका खेलाडी र व्यक्तिलाई तोकिएको बसोबास स्थलमा राखिनेछ। खेलाडीले टिमकै लागि तयार पारिएको सवारी साधनहरू मात्रै प्रयोग गर्न पाउनेछन्।
यसअघि, जापानले ओलम्पिकमा विदेशी दर्शकहरूलाई आउन नदिने निर्णय गरिसकेको छ। खेलाडीहरू बाहेक प्रतियोगितासँग सम्बन्धित ७८ हजार मानिसहरू यस अवसरमा जापान आउने अपेक्षा गरिएको छ। यीमध्ये ५९ हजार जना ओलम्पिक र १९ हजार जना पारा–ओलम्पिकका लागि आउनेछन्। टोकियो ओलम्पिक र पारा–ओलम्पिक जुलाईको अन्त्यदेखि अगष्टको सुरुसम्म हुँदैछ। गत वर्ष कोभिडका कारण प्रतियोगिता एक वर्षपछि सारिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







